Logo

दोस्रो चरणको खोप ८ हप्तापछि उपयुक्त’



काठमाडौं, फागुन १७ । कोरोनाविरुद्धको दोस्रो चरणको खोप यही फागुन २३ गतेदेखि देशव्यापीरुपमा ६ हजारभन्दा बढी खोप केन्द्रबाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार आयोजित छापा मिडिया, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादकसहित पत्रकारहरुसँग स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

छलफलमा कोरोनाविरुद्धको दोस्रो चरणको खोपका बारेमा जानकारी गराउनुका साथै पहिलो चरणमा खोप लगाइसकेकाहरुले दोस्रो डोज खोप ८ हप्तापछि लगाउनु उपयुक्त भएको विज्ञहरुको सुझावका आधारमा वैशाखको दोस्रो सातासम्म लगाउने व्यवस्था मिलाइएको स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए।

कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले गाउँगाउँसम्म कोरोनाविरुद्धको खोप लगाएर अन्य रोगसँग पनि लड्ने क्षमता विकासका लागि सञ्चारमाध्यमबाट सकारात्मक सन्देश पु¥याउन अनुरोध गरे ।

सचिव अर्यालका अनुसार दोस्रो प्राथमिकताको खोप अभियान १५ दिनसम्म चल्नेछ । त्यसपछि खोपको प्रभावकारिताको आधारमा खोप अभियानलाई निरन्तरता दिइने सचिव अर्यालको भनाइ छ । उनले २० प्रतिशत जनतामा खोपको सुनिश्चितता नभए पनि निजी क्षेत्रलाई पनि खोप आयातका लागि खुला गरिनेसमेत बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्