काठमाडौं, १७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो अमान्य हुने भन्दै आपत्ति जनाईएको छ ।
प्रचण्ड-माधव समूह रणनीति बनाउँदै
आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छिट्टै डाक्ने तय गरेको बताए । तर, उनले मितिबारे उल्लेख गरेनन् । बैठक गरेपछि नेकपा प्रचण्ड माधव समूहले भावी रणनीति तय गर्ने भएको छ । File Photo