Logo

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद् अधिवेशन आह्वान



काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । यसअघि सरकारले फागुन २३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

सोहीअनुसार राष्ट्रपतिले आज एक विज्ञप्ती जारी गर्दै संसद्को अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजे आह्वान गरेकी हुन् । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा पूनःस्थापनासँगै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्