Logo

प्रधानमन्त्री ओली पोखरामा



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा पुगेका छन् । यती एयरलाइन्सको विमानबाट गएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी९नेकपा० गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत छ।

Photo Source: Prithvi Subba Gurung/Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot