Logo

प्रधान सेनापति थापाले कोभिड-१९ खोपको पहिलो डोज लिए



काठमाडौं, १७ फागुन । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले कोभिड-१९ खोपको पहिलो डोज लिएका छन् । थापाले आज छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कोभिड-१९ खोपको पहिलो डोज लिनु लिएको नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलले प्रधान सेनापति थापाले खोप लिएको तस्विकार राख्दै लेखेका छन्-“प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कोभिड-१९ खोपको पहिलो डोज लिनु हुँदै । #COVID19Vaccine आफू जोगिऔं, अरुलाई पनि जोगाऔं !”



प्रतिक्रिया दिनुहोस्

Screenshot