Logo

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान



काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot