काठमाडौं, १७ फागुन । शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा फागुन ९ गते बस्ने भएको छ । कम्पनीले एकैदिन १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको अनुसार ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्ने भएको छ ।
साउन महिनामा ३० प्रतिशत हकप्रद शेयर बिक्रि गरेको कम्पनीको प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको १ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको छ ।
चैत्र ९ गते हुने बोलाइएको सभाले उक्त प्रस्तवित हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने जनाएको छ ।