काठमाडौं, १७ फागुन । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आगामी साधारण सभा तनहुँको बदिपुरमा गर्ने भएको छ । कम्पनीको चैत्र १४ हुने सभा बन्दिपुरस्थित मस्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान ११ बजे हुने भएको हो ।
कम्पनीको सभाले १०.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने जनाएको छ । संस्थाले सभाको लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने भएकोले फागुन २६ गते सम्म कायम भएका शेयरधनीहरु मत्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
आर्थिक वर्षको प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्ने, चालु आवको लेखा परिक्षकको नियुक्तिलाई पनि सभाले अनुमोदन गर्ने भएको छ । सभाले वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा पनि संचालक समितिलाई अख्तियारी दिने जनाएको छ ।