Logo

शेयर बजारमा आज सामान्य सुधार, ५ अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, १७ फागुन । दुई दिनदेखि ओरालो लागेको शेयर कारोबार सोमबार भने उकालो लागेको छ । आज शेयर बजार परिसुचक (नेप्से) ४०.६४ अंकले बढेर २५१५.०३ अंकमा पुगेको हो । त्यसरी नै सेन्सेटिभ इन्डेक्स पनि आज १.४५ प्रतिशत अर्थात ६.४७ अंकले बढेर ४५३.७५ विन्दुमा पुगेको छ ।

सोमबार नेप्से परिसुचक अनुसार २०८ कम्पनीको ७० हजार ३३९ पटक कारोबार भएर ५ अर्ब ६९ करोड २३ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज १२ उपसमुहका परिसुचक सबै बढेका छन् । नेप्सेको अनुसार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ४८ लाख भन्दा धेरैको कारोबार भएको छ । बैकको २१ रुपैयाँले शेयरमुल्य प्रतिकित्ता बढेर ५ सय २९ रुपैयाँ कामय भएको छ । शिखर इन्स्योरेन्स लिमिटेडको ३० करोड ७ लाख भन्दा धेरैको कारोबार भएको छ । इन्स्योरेन्सको ६ रुपैयाँले मुल्य बढेर २८ सय ३० रुपैयाँ प्रतिशेयर कायम भएको छ ।

कारोबार भएको दोस्रो दिन आज नेप्से परिसुचक चन्द्रागिरी हिल्स लिमिडेडको ९.९० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको ८.१२ प्रतिशतले परिसुचक बढेको छ । कम्पनीको ५४ रुपैयाँले प्रतिशेयर मुल्य बढेर ७ सय १९ रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्