Logo

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आज बाँडफाँट



काठमाडौं, १७ फागुन । शुक्रबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन तथा बिक्रि खुल्ला गरेको थियो ।

हकप्रद शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलको अनुसार ८ सय ३२ जना आवेदन दिएका शेयरधनीहरुलाई ६ लाख ३२ हजार कित्ता शेयर बैंकको विभिन्न दफाले व्यवस्था गरे अनुसार फागुन १४ गते बाँडफाँड गरेको गरको छ ।

बैंकका अनुसार कायम हक भन्दा बढी शेयरका लागि दरखास्त आवेदकहरुलाई बाँडफाँटमा नपरेको हकप्रद बापतको रकम भोलीबाट फिर्ता दिन सुरु गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्