Logo

कुमारी बैंकका कार्डवाहकलाई केजि यच ग्रुपमा छुट



काठमाडौं, १७ फागुन । कुमारी बैंक र केजि एच ग्रुपबीच विशेष सम्झौता भएको छ । बैंकको अनुसार सम्झौतापछि बैंकका डेबिट कार्डवाहकले केजि ग्रुपमा विशेष छुट पाउने भएका छन् ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहकले उक्त के. जि. यच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कुमारी बैंकले अहिलेसम्म १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्