Logo

प्रदेश सरकारका ८३६ आयोजना स्थानीय तहमार्फत कार्यान्वयन



धनगढी, फागुन १८ । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका विकास निर्माणका ८३६ आयोजना स्थानीय तहमार्फत कार्यान्वयनमा गएको बताइएको छ । चालू आर्थिक वर्षमा कुल ८७८ आयोजना छनोट गरिएकोमा उक्त संख्याका आयोजना कार्यान्वयनमा गएको र बाँकी आयोजना कार्यान्वयन प्रक्रियामा रहेको प्रदेश सरकारका प्रमुख सचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।

प्रदेशका ३२ ओटै निर्वाचन क्षेत्रमा कार्यान्वयन हुनेगरी आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश पूर्वाधार विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ बमोजिम छनोट भएका पूर्वाधार विकास सम्बन्धी ५७१ ओटा आयोजना कार्यान्वयनमा गइसकेको प्रदेश सरकारले बताएको छ । त्यस्तै प्रदेश पूर्वाधार विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७६ बमोजिम छनोट गरिएका प्रदेश सरकार मातहतका निकाय÷कार्यालय एवं स्थानीय तहमार्फत चालू आवका लागि विकास निर्माणका ८३६ आयोजनाका कार्यान्वयनमा गइसकेको प्रमुख सचिव सुवेदीले बताए ।

प्रदेश सरकारको काम कारबाहीलाई नतीजामुखी र प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत हाल संघबाट स्वीकृत ११२ र प्रदेश सरकारबाट थप ९अस्थायी कार्यालय० २१ गरी मन्त्रालयसहित १३३ ओटा निकाय सञ्चालनमा छन् । गत आव २०७६÷७७ मा कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको ४ दशमलव १ प्रतिशत योगदान रहेको प्रमुख सचिव सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेशको मानव विकास सूचकांक शून्य दशमलव ५४७ रहेको छ । मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश पाँचौं स्थानमा छ । प्रदेश सरकारले लिएको विकास लक्ष्य र चालू आवका लागि छनोट गरिएका विकास आयोजनाहरूले समयमै गति लिएमा प्रदेशवासीले अपेक्षाकृत रूपमा विकासको अनुभूति गर्न सक्ने प्रदेश सरकारको दाबी छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot