काठमाडौं, फागुन १८ । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको सचिवालय बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्रसहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।