
काठमाडौं, १८ फागुन । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ (आज) देखि संस्थापक शेयर लिलामीमा विक्रि खुला गरेको छ । लघुवित्तले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर चैत्र १३ गतेसम्मका लागि बिक्रि खुल्ला गरेको हो ।
कम्पनीले प्रतिकित्ता ४ सय ३४ रुपैयाँ निर्धारण गरेको उक्त शेयर खरिद गर्न चाहानेले तोकिएको मुल्य वा सो भन्दा धेरै मुल्य अंकित गरेर बोलकबोल गर्नुपर्ने व्यवस्था गरेको छ । न्युनतम १०० कित्तादेखि सबै कित्तासम्म माग गर्न सकिने विक्रि तथा प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।