Logo

प्रचण्डको छोरीहरु रेणु र गंङ्गासँगको यो तस्बिर



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले ट्वीटरमा एउटा तस्बिर राखेकी छिन् जसमा धेरैको चासो देखिएको छ । तस्बिरमा प्रचण्ड छोरीहरु रेणु दाहाल र गङ्गा दाहाललाई अंकमाल गरिरहेको अवस्थामा छन् ।

ओल्ड इज गोल्ड भन्दै रेणुले ट्वीटरमा राखेको तस्बिर आजभन्दा तीन दशक पुरानो देखिन्छ । त्यतिबेला प्रचण्ड पनि युवावस्थामै थिए ।

तस्बिरमा प्रचण्ड जुङ्गा भएकै अवस्थामा छन् । रेणु र गङ्गा दुवै बाबुको हात समातिरहेकी छिन् ।

प्रचण्ड र सीता दाहालबाट तीन छोरी र एक छोरा जन्मिएका थिए । जसमध्ये छोरा प्रकाश र जेठी छोरीको निधन भइसकेको छ । रेणु भरतपुर महानगरपालिकाकी मेयर छिन् । गङ्गा प्रचण्डको सचिवालयमा छिन् ।-तस्बिर साभारः रेणु दाहालको ट्वीटर पेजबाट



प्रतिक्रिया दिनुहोस्