Logo

सिटिजन्स बैंकका ग्राहकलाई सुप्रिम क्याफेमा विशेष छुट



काठमाडौं, १८ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.ली. न्यूरोडबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैकले जनाएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका डेबिट क्रेडिट प्रिभिलेज कार्डवाहक महानुभावहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.ली.मा सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot