Logo

किर्तिपुरको पांगामा सानिमा बैंकको नयाँ शाखा



काठमाडौं, १८ फागुन । काठमाडौंको किर्तिपुरको पांगा दोबाटोमा सानिमा बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन वरिष्ठ हास्य कलाकाद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।

बैंकका नामब प्मुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले ग्राहक तथा सरोकार निकायलाई धन्यवाद दिएका थिए । कार्यक्रममा कलाकारद्वयले बैंकको विस्तार हुन र थप सफलताको शुभकामना दिएका थिए । बैंकका हाल सात प्रदेशमा ८६ शाखा, १७ विस्तारित काउन्टर र ९३ एटिएम संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot