Logo

प्रकाण्ड र दीपक चलाउने को हुन्



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको वार्ता टोली गठन गरेको छ । विप्लव समूहले आज प्रेस विज्ञप्तिमार्फत् वार्ता टोली गठन गरेको हो ।

वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । प्रकाण्ड पूर्वमन्त्री समेत हुन् ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रकाण्ड पर्यटनमन्त्री भएका थिए । उनी माओवादी फुटेपछि मोहन वैद्य किरण पक्षमा गए । पछि विप्लव समूहको दोस्रो वरियताको नेता बने । भूमिगत अवस्थामा रहेका प्रकाण्ड विप्लव समूहको सचिवालय सदस्य छन् ।

यसैगरी, दिपक चलाउने केन्द्रीय सदस्य हुन् । उनी यसअघि कमैमात्र नाम सुनिएकामा पर्छन् । चलाउने जनयुद्धमा जनसेना थिए ।

यसअघि आज सरकारका तर्फबाट गृहमन्त्री बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot