Logo

टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा



काठमाडौं, १८ फागुन । टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मेगा बैंकले गरेको छ । मेगा बैंकले काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था गरेको जनाएको छ ।

बैंकको अनुसार डिजिटल बैंकिङ र नगदरहित कारोबारवाला प्रबर्द्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको हो । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्