Logo

यौनेच्छा बढाउने ८ खान्की



ब्रोकाउली: यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा वृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।

लसुन: लसुनमा कामोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

गाँजर: गाँजरमा भिटामिन-ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

गान्टेमूला: यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले यौनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौन क्षमतामा वृद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनेच्छा बढाउन सहयोग गर्छ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रवाहसमेत बढाइदिन्छ ।

भिन्डी : भिन्डीमा विभिन्न किसिमका भिटामिन तथा जिंक तत्वहरु पाइन्छन् जसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा वृद्धि ल्याउँछ ।

प्याज: प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रवर्द्धन गर्न सहयोग गर्छ ।

यसका अलावा खानपानमा विशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो ।



प्रतिक्रिया दिनुहोस्