Logo

दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरु नागरिकतासहित पेरिसडाँडा डाकिए



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरु नागरिकतासहित बोलाइएका छन् । उनीहरुलाई बुधबाट दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा नागरिकता र परिचयपत्रसहित उपस्थित हुन भनिएको छ ।

निर्वाचन आयोगले दाहाल नेपाल समूहलाई आधिकारिकत दाबीबारे बुझ्न बोलाएको छ । आयोेगले केन्द्रीय सदस्यहरुको हस्ताक्षरबारे निक्र्यौल गर्ने सम्भावना रहेको छ । त्यसका लागि पनि नागरिकता र परिचयपत्रसहित बोलाएको हो ।

आयोगले आजै नेकपाको आधिकारिकतबारे निर्णय दिने चर्चा चलेको छ । तर, हस्ताक्षर रुजु गर्न समय लाग्ने भएकाले आजै निर्णय आउने सम्भावना कम छ ।

नेकपा नाम जुधेकाले ऋषि कट्टेलले दायर गरेको रिटमाथि भोलि फैसला आउँदैछ । त्यसपछि मात्र आयोग अगाडि बढ्ने बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्