Logo

सरकार र विप्लव समूहबीच वार्ता शुरु, प्रतिबन्ध र मुद्दा फिर्ताबारे टुंगो लाग्ने



काठमाडौं, १९ फागुन । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहबीच वार्ता शुरु भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता शुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्र्र्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सहभागी छन् । नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य दिपक चलाउने वार्तामा सहभागी छन् ।
आजको वार्ताबाट विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका उक्त समूहका नेता कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता गरी रिहा गर्नेबारे टुंगो लाग्ने बुझिएको छ ।

यसअघि हिजो नै सरकार र विप्लव समूहले वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा रहेका प्रकाण्ड प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रकाण्ड पर्यटनमन्त्री भएका थिए । उनी माओवादी फुटेपछि मोहन वैद्य किरण पक्षमा गए । पछि विप्लव समूहको दोस्रो वरियताको नेता बने । भूमिगत अवस्थामा रहेका प्रकाण्ड विप्लव समूहको सचिवालय सदस्य छन् ।

यसैगरी, दिपक चलाउन केन्द्रीय सदस्य हुन् । उनी यसअघि कमैमात्र नाम सुनिएकामा पर्छन् । चलाउने जनयुद्धमा जनसेना थिए ।



प्रतिक्रिया दिनुहोस्