Logo

‘हाम्रो तर्फबाट सांसद किनबेच वा झुठो आश्वासन भएको छ भने सञ्चारमाध्यमबाट भण्डाफोर गरिदिनुहोस्’ : भट्टराई (भिडिओसहित)



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुको तर्फबाट सांसद किनबेच वा झुठा आश्वासन नदिएको स्पष्ट पारेका छन् । भट्टराईले यदि कसैले त्यस्तो झुठा आश्वासन दिएको भए बाहिर ल्याउन वा भण्डाफोर गर्न आग्रह गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा उनले भने,‘कहीँपनि प्रधानमन्त्रीको पक्षबाट वा प्रधानमन्त्रीको तर्फबाट किनबेच वा कुनैपनि झुठो आश्वासन गरेका कुरा कहीँ पनि तपाई खोज्नुहोस्, ऋषिजी तपाईँ त चारैतिर पहुँच भएको मान्छे हो, खोज्नुहोस न । तपाईँ अनुशन्धान गर्नुहोस, टोली खटाउनुहोस् । कहीँ पनि हाम्रो तर्फबाट त्यस्तो भएको छ भने तपाईले ल्याईदिनुहोस सञ्चारमाध्यमबाट, भण्डाफोर गरिदिनुहोस् । त्यो हामीलाई स्विकार्य छ ।” भट्टराईले आफूहरुको पक्षमा एक सयभन्दा बढि सांसद रहेको दाबी गरे । उनले ओलीको पक्षमा ८२ जना छन् भनेर भनिएको कुरामा सत्यता नभएको भन्दै एक सय भन्दा बढि सांसद रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्