Logo

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न, दलको नेता परिवर्तन गर्ने एजेण्डा केन्द्रीय कमिटीमा लैजाने निर्णय



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पेरिसडाँडामा बुधबार बसेको बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा यस्तो जानकारी गराएका हुन् । संसद् अधिवेशन यही फागुन २३ गते बस्ने भएको छ । त्यसको लागि दलहरु कसरी प्रस्तुत हुने भन्नेबारे आन्तरिक छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्