काठमाडौं, १९ फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध आजै हटाउने तयारी गरेको छ । आजबाट सरकार र विप्लव समूहबीच औपचारिक सूरु भएको हो । वार्तामा विप्लव समूहका नेताहरुले तत्काल प्रतिबन्ध फुकाउ गर्नुपर्ने अनिवार्य शर्त राखेपछि सरकारले आजै प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । उच्च स्रोतकाअनुसार सम्भवतः आजै साँझ सरकारले प्रतिबन्ध फुकुवा गर्नेछ ।
आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यहरुले जानकारी गराएका छन् । सरकारी वार्ता टोलीका संयोजक थापाले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
विप्लवसँगको वार्ताबारे गृहमन्त्री बादलको प्रतिक्रिया : छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ
उनले लेखेका छन्–‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’