काठमाडौं, १९ फागुन । संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम