Logo

स्वावलम्बन लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, १९ फागुन । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०. ००५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको फागुन १७ गते बसेको संचालक समितिको बैठकले उक्त बोनस वितरणको प्रस्ताव गरेको हो । संस्थाले चैत्र ११ गते बालुवाटारमा बिहान ११ बजे साधारण बोलाएको छ ।

संस्थाको अनुसार आव ०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १९.००५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत गरेर जम्मा २०. ००५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ११ गते बस्ने सभाले कम्पनीको रजिष्टर कार्यालय स्थानान्तरण गर्ने, कम्पानीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संचालकको पद संख्यामा थप गर्ने छलफल तथा पारित गर्ने जनाएको छ । सभा तथा लाभांश प्रयोजनार्थ फागुन २८ गतेबाट चैत्र ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्