कठमाडौं, १९ फागुन । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संयुक्त रुपमा एकिकृत कारोबार चैत्र ३ गतेबाट हुने भएको छ । दुई कम्पनी मर्जर भएपछिको कारोबार वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको छ ।
पुस २८ गते सम्पन्न भएको दुई कम्पनीको साधारण सभाले एक आपसमा मर्ज गर्ने प्रस्ताव पारित गरेको हो ।