काठमाडौं, १९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी सचेतक शान्ता चौधरीले आफूसहित ७ जना नेतालाई दाहाल–नेपाल समूहले कारबाही गरेको विषयमा प्रतिक्रिया दिएकी छिन् । उनले आफूहरुलाई कारबाही गर्ने हैसियत दाहाल–नेपाल समूहसँग नभएको दाबी गरेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेकी छिन्–”हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं , घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता केपी शर्मा ओली र उपनेता सुवासचन्द्र नेम्वाङलाई हटाउने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आजको बैठकले केन्दू्रीय सदस्यहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ ।