काठमाडौं, १९ फागुन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभाशं आजसम्म सुरक्षित गर्न सकिने भएको छ । कम्पनीको नवौ साधारण सभा चैत्त ५ गतेका लागि भोली एकदिन बुक क्लोज गर्ने भएको हो । यस वर्ष ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सभा र लाभांश वितरणका लागि कम्पनीले भोली (फागुन २०) गते एकदिन बुक क्लोज गर्ने भएको हो । साधारण सभामा उपस्थित हुन र लाभाशं प्राप्त गर्न आज सम्म कायम भएका शेयरधनीहरुले मात्र पाउने कम्पनीले जनाएको छ ।
२३ करोड ३९ लाख ३३ हजार ७ सय रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीमा क्लोजको आधारमा आजसम्म कायम भएका शेयरधनीहरुले मात्र लाभांश वितरण गर्ने भएको छ ।