Logo

नेकपा विभाजनपछि कुन समूहले क-कस्लाई कारबाही गर्यो (सुचीसहित)



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि दुईवटा समूहले एकले अर्का पक्षका नेताहरुलाई कारबाही गर्ने कदम चालिरहेका छन् । केपी शर्मा ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित नेकपाभित्र अध्यक्ष देखि केन्द्रीय सदस्यहरु माथि एक अर्को समूहले कारबाही गर्ने क्रम चलिरहेको हो ।

आज नेकपाको दाहाल-नेपाल समूहले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित आठ जना केन्द्रीय सदस्यहरुलाई कारबाही गरेको छ । उनीहरु सबैलाई ६ महिनाको लागि निलम्बन गरिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा दाहाल-नेपाल समूहले अध्यक्षसहित पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको थियो । उक्त समूहले महासचिव विष्णु पौडेललाई पनि उक्त पदबाट हटाएको थियो ।

यसैगरी ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएर अध्यक्षमा मात्र सिमित गर्ने निर्णय गरेको थियो । प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई राख्ने निर्णय गरेको थियो । यद्यपि, ओली समूहले सबै सचिवालय र स्थायी कमिटी सदस्यहरुलाई पदमा यथावत राखेको जनाएको छ ।

ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको छ । गुरुङ दाहाल-नेपाल समूहका हुन् ।

दाहाल-नेपाल समूहबाट कारबाहीमा परेकाहरु
केपी शर्मा ओली, अध्यक्षसहित पार्टीको साधारण सदस्यबाट निष्काशित
सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटीबाट निष्काशित, संसदीय दलको उपनेताबाट तीन दिनभित्र कारबाहीको सिफारिश
विशाल भट्टराई, ६ महिनाका लागि पार्टीबाट निलम्बन
महेश बस्नेत, ६ महिनाका लागि पार्टीबाट निलम्बन
प्रभु साह, ६ महिनाका लागि पार्टीबाट निलम्बन
निरुदेवी पाल, ६ महिनाका लागि पार्टीबाट निलम्बन
शान्ता चौधरी, ६ महिनाका लागि पार्टीबाट निलम्बन
सूर्य थापा, ६ महिनाका लागि पार्टीबाट निलम्बन
कर्णबहादुर थापा, ६ महिनाका लागि पार्टीबाट निलम्बन

ओली समूहबाट कारबाहीमा परेकाहरु
प्रचण्ड, कार्यकारी अध्यक्षबाट हटाई अध्यक्षमा सिमित
नारायणकाजी श्रेष्ठ, प्रवक्ताबाट हटाइएको
देव गुरुङ्ग, प्रमुख सचेतकबाट हटाइएको



प्रतिक्रिया दिनुहोस्