काठमाडौं, १९ फागुन । कोरोना महामारीविरुद्धको लडाइँमा हाल विश्व समुदाय खोप प्रयोगको दौडमा रहेको छ । यही क्रममा विश्व शक्ति राष्ट्रको होडमा रहेको भारतले पनि ‘छिमेकी पहिलो’ रणनीति अन्तर्गत आफ्ना छिमेकी मुलुकहरुलाई कोरोनाविरुद्धको खोप उपहार दियो । भारतले विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएको कोभिशिल्ड खोपको १० डोज नेपाललाई अनुदानमा उपलब्ध गरायो ।
भारतबाट ल्याइएको खोप नेपालमा प्रयोग गर्न थालिएपछि नेपाललाई रणनीतिकरुपमा प्रयोग गर्न खोजिरहेको चीनले पनि नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बतायो । विश्वभरबाट सुरक्षाका दृष्टिकोणले आशंका गरिएको चिनियाँ खोप नेपालमा ल्याउने कि नल्याउने भन्ने विषयमा बहस भइरहेका बेला चिनियाँ दूतावासले आफैं तीन लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनायो ।
चीनले आफैं खोप उपलब्ध गराउने बताइसकेपछि परराष्ट्र मन्त्रालयले आवश्यक मापदण्डहरु पूरा गर्न दूतावासालाई पत्र पठायो । तर, दूतावासले उक्त खोप चीनबाट ल्याउन र प्रयोग गर्न निर्देशनात्मक र धम्कीपूर्ण जवाफ पठायो । परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको केही दिनमै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई टेलिफोन गर्दे थप पाँच लाख डोज खोप उपलब्ध गराउने जनाए ।
नेपाललाई चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको खोपको परीक्षणसम्बन्धी नतिजाहरु उपलब्ध नै नगराएर यो खोप प्रयोगका लागि चिनियाँ पक्षले दबाब दियो । उक्त दबाब थेग्न नसकेर परीक्षण नतिजाहरु नै जाँच नगरि नेपाल सरकारले पनि चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । यस्तो अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि चीनले नेपालमाथि उपहारका नाममा जबरजस्ती गर्न खोजिरहेको स्पष्ट देखिन्छ ।
चिनियाँ पक्षले सिनोभ्याक खोपका लागि आवश्यक प्रक्रिया पनि पूरा गरेको छैन भने अर्कोतिर यसको परीक्षण नतिजाहरु र प्रभावकारिताबारे नेपाल सरकारले आवश्यक कागजात पठाउन माग गरेन पनि चिनियाँ पक्षले अस्वीकार गरिरहेको छ । चिनियाँ खोप नेपाल आइ नसकेपछि खोप ल्याउने तयारी भने थालिएको छ ।
जब नेपालले काठमाडौं उडान गरिरहेका चिनियाँ यात्रुवाहक विमानहरूबाट खोपहरू ल्याउन प्रस्ताव गर्दा चीनले पनि अस्वीकार गरेको छ । स्वास्थ्य मन्त्रालयले चीनलाई भनेको थियो, “हामी तपाईको शुभकामनालाई गहन मूल्यांकन गर्दछौं । काठमाडौं उडान गर्ने चिनियाँ यात्रुवाहक बिमानमार्फत नै खोप ल्याइदिन अनुरोध गर्दछौं ।”
तर, नेपाल सरकारको यस अनुरोधलाई भने चिनियाँ पक्षले अस्वीकार गरेको छ । भारतले आफैं एयर इण्डियाबाट नेपालमा खोप ल्याएको भए पनि चिनियाँ पक्ष भने आठ लाख डोजका लागि नेपाल एयरलाइन्सको खाली विमान उडान गराउन लागिरहेको छ ।
यसबाट पनि देख्न सकिन्छ कि चीन नेपाल र नेपाली जनताको स्वास्थ्यभन्दा पनि बढी व्यापारमा ध्यान केन्द्रित भएको छ । पहिलो डोज लगाइसकेपछि दोस्रो खरिद गर्नुपर्छ । खरिद गर्दा चिनियाँ खोप अन्य खोपहरुको तुलनामा निकै महँगो छन् । चिनियाँ खोपको मूल्य प्रति डोज १५ डलर तोकिएको छ भने भारतको कोभिशिल्डको मुल्य ४ देखि ५ डलर मात्र पर्दछ । नेपालका स्वास्थ्य विज्ञहरुले पनि चिनियाँ खोपप्रति आशंका व्यक्त गरिरहेका छन् । Photo Source : Reuters