काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष सरकार सञ्चालनका क्रममा हासिल गरेको महत्वपूर्ण उपलब्धिहरुमध्ये विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउत नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा ल्याउनु रहेको छ । ओली सरकारले विप्लवसँग तीन बुँदे सम्झौता गरे वृस्तृत शान्ति सम्झौता गरेको छ । यसको विस्तृत विवरण २१ फागुनमा विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ ।
सशस्त्र गतिविधि गर्दै राज्य प्रणाली नै उल्टाउने उद्देश्यले बढेका पूर्व माओवादी नेता विप्लव शान्तिपूर्ण रानजीतिक मूलधारमा आउनु ओली सरकारको सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ । विप्लवको गतिविधिले देशमा हिंसा बढ्दै गएको थियो । आर्थिक क्षेत्रमा नकारात्मक असरहरु परेको थियो ।
यसैगरी, मधेशलाई अलग गर्ने उद्देश्यका साथ पृथकतावादी गतिविधि गर्दै आएका सीके राउतलाई पनि ओली सरकारले नै शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याएको थियो । राउतले सरकारसँग सम्झौता गरी पृथकतावादी गतिविधि त्यागेको घोषणा गरेका थिए । यसलाई पनि ओलीले ठुलो उपलब्धिका रुपमा लिएका छन् ।