Logo

वामदेव अझै खुलेनन्, एकता अभियान नै चलाउने प्रतिबद्धता दोहोर्याए



काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू अझैपनि पार्टी एकताको पक्षमा रहेको बताएका छन् । आज कोभिड–१९ विरुद्धको खोप लगाउन सिभिल अस्पताल पुगेका गौतमले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफू अहिले कतैपनि नलाग्ने विश्वास दिलाए । उनले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने स्पष्ट पारे । उनले अब आफूहरुको अभियानले नेताहरुलाई दबाब नै दिने हुने जनाए । उनले एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने पनि चेतावनी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्