काठमाडौं, २० फागुन । महालक्ष्मी विकास बैंकले बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्वार्थनगर दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना विद्यालय पोशाक वितरण गरेको हो ।
बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवाल र वडाका अध्यक्ष मुक्ति यादवले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्ता जनाएको छ ।