कुनै व्यक्तिको रगत समुह त्यस व्यक्तिको शरीरमा भएको केहि यौगिकहरु अथवा प्रोटिनहरुमा आधारित हुन्छ । जसलाई एन्टिजिन भनिन्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार उक्त एन्टिजिनहरु रातो रक्तकोषहरुको सतहमा रहन्छन् ।
रगत समुहको पहिचानका लागी मुख्य दुई वटा एन्टिजिनहरुको प्रयोग गरीन्छ । जसलाई ए–एन्टिजिन र बि–एन्टिजिन भनिन्छ । ए रगत समुह भएको व्यक्तिको शरीरको रातो रक्तकोषको सतहमा ए–एन्टिजिन मात्र हुन्छ भने बि रगत समुह भएको व्यक्तिको शरीरको रातो रक्तकोषको सतहमा बि–एन्टिजिन मात्र हुन्छ । एबि रगत समुह भएको व्यक्तिहरुमा दुबै एन्टिजिनहरु हुन्छन् भने ओ रगत समुह भएको व्यक्तिमा कुनै एन्टिजिनहरु हुदैनन् ।
शरीरमा अर्को प्रोटिन रहेको हुन्छ जसलाई आर.एच फ्याक्टर भनिन्छ । यो रातो रक्तकोषमा पाइन्छ । यसले शरीरमा रगतको समुह पोजिटिभ अथवा नेगेटिभ के छ भन्ने बारे जानकारी गराउँछ । यस्तो प्रणालीलाई रीसस प्रणाली भनिन्छ । यदि कुनै व्यक्तिको रगतमा आर.एच प्रोटिन छ भने उसको रगतको समुह पोजिटिभ हुन्छ । यदि उक्त प्रोटिन छैन भने त्यस व्यक्तिको रगतको समुह नेगेटिभ हुन्छ । रेड क्रसकानुसार व्यक्तिको रगत समुह आनुवांशिक हुन्छ, जुन उनीहरुको अभिभावकहरुबाट सरेर आएको हुन्छ । एजेन्सीको सहयोगमा