काठमाडौं, २० फागुन । नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकले पार्टी सरकारको नेतृत्वमा जाने या नजाने भन्नेबारे छलफल गरिरहेको छ ।
प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि काँग्रेसलाई सरकारको नेतृत्वको प्रस्ताव आइरहेको छ । प्रचण्ड माधव नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।
तर, काँग्रेसभित्र सरकारमा जान हुने या नहुने विषयमा विवाद चलेको छ । सभापति देउवा अवसर आए जिम्मेवारी लिनुपर्ने पक्षमा छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा जान नहुने पक्षमा छन् । पार्टीलाई जनताले प्रतिपक्षमा बस्न भनेको उनको तर्क छ ।