Logo

वार्ता सफल, प्रतिबन्ध फुकुवाः चन्दसहितका नेता आज सार्वजनिक हुँदै



काठमाडौं,फागुन २१ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंगको वार्ता सफल भएको छ ।बुधवार र बिहीवार भएको छलफलपछि तीनबुँदे सहमति भएको छ । सहमतिको विस्तृत विवरण आज सार्वजनिक गरिँदै छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र झूटा मुद्दा खारेज गर्नेसम्म रहेका छन् ।

सरकारले उक्त समझादारीलाई कार्यान्वयनमा लैजाँदै चन्दमाथिको प्रतिबन्ध बिहीवार साँझ नै हटाएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र चन्द पक्षबीच भएको सहमतिलाई अनुमोदनसमेत गरेको हो ।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो । सरकारले चन्द नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै चन्द समूहका नेताकार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ निर्देशन दिएको थियो ।

फागुन २८ को निर्णयपछि धमाधम नेताकार्यकर्ता हतियारसहित पक्राउ परेपछि चन्द नेकपा कमजोर बन्दै गएको र वार्तामा आउन बाध्य भएको दाबी सुरक्षा निकालिएको थियो । यो २ वर्षको अवधिमा एक शिक्षक र अन्य केही सर्वसाधारणले ज्यानसमेत गुमाएका छन् ।

चन्द नेकपाका विदेश विभाग प्रमुख एवं शीर्ष तहका नेता धमेन्द्र बास्तोलासहित हेमन्तप्रकाश वली, चन्द्रबहादुर चन्द, माइला लामालगायत थुनामा रहेका छन् । एनसेलको टावरमा आक्रमण–विस्फोटदेखि विकास निर्माणका आयोजनामा अवरोध गरेको र हातहतियार बोकेर राज्यविरुद्ध कसुर गरेको आरोप उनीहरूमाथि लगाइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot