Logo

जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना



काठमाडौं, फागन २१ । जिल्ला समन्वय समिति काठमाडौंले उपत्यकामा हुनसक्ने सम्भाव्य प्रकोप जोखिम न्यूनीकरणका गर्न एकीकृत कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

तीव्र सहरीकरण, अवस्थित बसोबास, जनसङ्ख्याको अधिक चाप, प्राकृतिक स्रोतमाथिको अनियन्त्रित दोहन, सार्वजनिक खोलानालाको अतिक्रमण र विषम भौगोलिक अवस्थाका कारण उत्पन्न हुनसक्ने बाढीपहिरो, आगलागी महामारीलगायतका विपत्जन्य जोखिम न्यूनीकरण गर्न एकीकृत कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न लागिएको हो ।

समितिले महानगरसहित अन्य १० वटा नगरपालिकासँग समन्वय गरी एकीकृत कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्न लागेको छ । जिल्ला समन्वय समितिका समन्वय अधिकारी पीताम्बर अधिकारीले विपत् जुनसुकै बेला पनि आउन सक्ने र त्यसका लागि अग्रिम तयारी अवस्थामा रहनका लागि एकीकृत कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न लागिएको जानकारी दिए।

“अव्यवस्थित बसोबास र प्राकृतिक स्रोतको बढ्दो दोहनले पर्यावरण सन्तुलन बिग्रँदै गएको छ”, उनले भने, “पर्यावरणीय सन्तुलन कायम राखी वातावरणको संरक्षण गर्न तथा सम्भाव्य विपत्का घटनाको न्यूनीकरण गरी विपत्बाट हुन सक्ने जनधनको क्षतिलाई कम गर्न विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न लागिएको हो । ” एकीकृत कार्ययोजना निर्माणका लागि काठमाडौँंका सबै पालिका सहमत भएको त्यसको समन्वय जिससले गर्न लागेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot