Logo

मुस्कान खातुनले पाइन् ‘आइडब्लूओसी’अवार्ड



काठमाडौं, फागुन २१ । मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन्। उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि खेलेको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रममा उनलाई अवार्ड दिनेछन्। धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित भएको दुतावासले जनाएको छ।

मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot