Logo

बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन



तनहुँ, फागुन २१ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् ।

फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए । “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उनले भने, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।”

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए। उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उहाँले बताउनुभयो ।

उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्