Logo

बिहान ३ बजे सार्वजनिक भए विप्लव, पहिलो भेट शहिद परिवारसंग



काठमाडौं, फागुन २१ । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट चन्द आज बिहान सार्वजनिक भएका हुन्

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए। बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदले पुगेका थिए । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ आईरहेको प्रहरीले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनी नवलपुरको दलदलेबाट काठमाडौं आईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot