काठमाडौं, २१ फागुन । प्रहरीको स्कर्टिङसहित नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदैछन् । त्यसको लागि उनी नवलपरासीबाट हिँडिसकेका छन् । नवलपरासीमा सहिद परिवारका सदस्यहरुको हातबाट अविर पहिरिएर विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं प्रस्थान् गरिसकेका छन् । उनी केही बेरमा काठमाडौं आईपुग्ने बताईएको छ ।
विप्लवनिकट स्रोतकाअनुसार उनी काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जानेछन् । त्यसपछिमात्रै उनी राष्ट्रियसभामा हुने कार्यक्रममा सहभागी हुने जनाईएको छ । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै आज विप्लव सार्वजनिक हुने भएका हुन् । राष्ट्रिय सभागृहमा विप्लव र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।