काठमाडौं, २१ फागुन । ऋषिराम कट्टेलले नेकपा आफूहरुको पार्टी भएकोले अदालतले आफूहरुलाई न्याय दिने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा वा दाहाल–नेपाल समूहले नेतृत्व गरेको पार्टी बदर हुने र आफूहरुलाई मान्यता दिने दाबी गरे ।