Logo

किशोरी बलात्कारको अभियोगमा पक्राउ



उदयपुर, २१ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका–४ शान्तनगर बस्ने २९ वर्षीय दुर्गानन्द चौधरी बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

उदयपुर बस्ने ती किशोरीलाई चौधरीले फागुन ११ गते छलकपट झुक्यानमा पारी भक्तपुर मध्यपुर ठिमि नगरपालिका–३ गठ्ठाघर ठिमी पु¥याई जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्