Logo

केयुकेएलद्वारा वितरण गरिएको खानेपानीमा फोहर



काठमाडौं, फागुन २२ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।

सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको धाराका फोहर र गन्हाउने पानी आउन थालेकाले उनीहरूले समाधानका लागि वितरण केन्द्रमा जानकारी गराएका थिए ।

तर केन्द्रले गुनासो सुनुवाइ नगरेको उनीहरू बताउँछन् । पटक–पटक वितरण केन्द्रमा जानकारी गराउँदा पनि केन्द्रले चासो नदिएको स्थानीयको भनाइ छ । स्थानीय फुलबहादुर न्यौपानेले खानेपानीको धारामा ढल मिसिएको र गन्हाउने पानी आएको बताए ।

‘यत्तिका दिन भयो खानेपानीको धारामा ढल आएको छ, हामीले सम्बन्धित निकायलाई जानकारी पनि गरायौं तर चासो दिएनन् ।’ उनले धारामा प्रयोग गर्न मिल्ने पानी नआएपछि खानेपानीको अभाव भएको बताए । स्थानीय डा। राजकुमार सुवेदीले पटकपटक जानकारी गराउँदा पनि खानेपानीको समस्या समाधान गर्न सरकारी निकायले अटेरी गरेको बताए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्