Logo

कांग्रेसले नेकपाको विभाजन कुर्नुपर्छ : शेखर कोइराला



काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेस तत्काल सरकारमा जान नहुने धारणा राखेका छन् । उनले कांग्रेसले आगामी चुनाव आफ्नै नेतृत्वमा गराउनुपर्ने पनि भनाई राखे ।

कांग्रेस सरकारमा जाने हल्ला चलिरहेको बेला नेता कोइरालाको यस्तो भनाई बाहिरिएको हो । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले कांग्रेसले नेकपाको विभाजनलाई कुनपर्ने बताए ।

देउवाले भने : मलाई प्रधानमन्त्री बन्ने लोभ छैन, यस्तामा लाग्नु पनि छैन्

आजमात्रै पार्टी सभापति शेरबहादुर देउवाले पनि आफूलाई प्रधानमन्त्री बन्न कुनै लोभ र लालच नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूहरु नेकपाको कुनैपनि पक्षसँग नलाग्ने भन्दै सत्ता समिकरणमा नफस्ने बताएका छन् । संसदको बैठक भोलि अपरान्ह ४ बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्