Logo

आजबाट दिउँसो बन्द हुँदै नारायणगढ–मुग्लिन सडकखण्ड



काठमाडौं, फागुन २३ । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न भन्दै नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ता दिउँसो बन्द हुने भएके छ । हरेक दिन बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म सडक बन्द हुने जनाईएको छ । उक्त सडक २९ गतेसम्म दिउँसो बन्द हुने छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नुपर्ने जनाएको छ । आवागमनमा दुईतर्फी नै सडक बन्द रहने छ ।



प्रतिक्रिया दिनुहोस्