काठमाडौं, २३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले दार्जिलिङमा छन् । उनी पूर्वरानी कोमल र आफन्तसहित २० फागुनमा दार्जिलिङ पुगेका हुन् ।
पहाडकी रानी भनेर चिनिने दार्जिलिङमा शाह परिवार र आफन्तसँग समय बिताइरहेका छन् । दार्जिलिङका पुराना साथीहरुसँग पनि भेटघाट गर्न थालेको बुझिएको छ ।
दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा पनि पूर्व राजा शाह पुगेका छन् । उनी उक्त स्कुलका पूर्व विद्यार्थी हुन् ।
पूर्व राजाको साथमा पूर्वरानी कोमल पनि छिन् । पूर्वराजाकी छोरी प्रेरणा पनि साथमा छिन् । धीरेन्द्रका छोरीहरु पुजा, दिलासा र शिताष्मा पनि दार्जिलिङमा पुगेका छन् । उनकी बहिनी शोभा शाही पनि भ्रमण दलमा छिन् । यसबाहेक पूर्वराजाका आफन्तहरु पनि दार्जिलिङमा छन् । यसपटक परिवार र आफन्तको ठुलो संख्या पूर्वराजासँग दार्जिलिङ पुगेको छ ।
पूर्वराजा शाह दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् ।