काठमाडौं, २३ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा संचालन गरेको हो ।
आज दोस्रो वर्ष पुरा भएर तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बैंकले शेयरधनीहरु, कुशल मार्गदर्शन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायत सबै नियमनकारी निकायहरु, ग्राहकहरु, संचारकर्मी एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेको छ ।
बैंकले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपालनालाई मुल मन्त्र बनाउँदै बैंकको उद्देश्य अनुरुप मुलुकको पुर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने समेत सकल्प गरेको छ ।